प्रमुख समाचार

मलेसियामा बस चढ्दा ध्यान दिनुपर्ने कुराहरू!

मलेसियामा एक ठाउँबाट अर्को ठाउँ यात्रा गर्दा ट्याक्सी चढ्दा सजिलो र छिटो पुगिने भए पनि धेरै महँगो हुन्छ। अझ ट्याक्सी चालकले धेरै पैसा माग्ने, मिटरमा जाँदा पनि बाटो घुमाएर लग्ने र जाममा परेमा झनै खर्चिलो हुन आउँछ। त्यसैले ट्रेन वा बस चढ्दा सस्तो पर्छ।मलेसियामा धेरै लोकल बसहरू चल्छन्। तर बस चढ्दा धेरै कुरा बारे ध्यान दिनुपर्छ। नत्र ठगीमा पर्न सकिन्छ वा नियम नजान्दा कारबाही र जरिवानामा परिन्छ।पढ्नुहोस्: मलेसियामा एउटा सहरबाट अर्को सहर जानु परे कसरी बस टिकट काट्ने? प्रक्रिया सहितयो लेखबाट हामीले मलेसियामा बसको टिकट काट्दा वा बस चढ्दा ध्यान दिनुपर्ने कुरा बारे जानकारी दिँदै छौँ।

बस बारे केही पनि जानकारी चाहिएमा स्टेसनमा भएका आधिकारिक कर्मचारीलाई मात्र सोध्नुपर्छ।जसलाई पायो त्यसलाई सोधेर उसले भने अनुसार गर्दा लुटपाटमा पर्न सकिन्छ।पहिलो पटक मलेसियामा बस चढ्दा जानकारी नभएर अरू नै व्यक्तिसँग सोधेमा तपाईँलाई टिकट काउन्टर बाहिर नै टिकेट बेच्न खोज्न सक्छन्। बस स्टेसन बाहिर यसरी बसेका व्यक्तिबाट बच्नुहोस्।यस्ता व्यक्तिसँग टिकट किन्दा महँगो पर्न सक्छ।साथै बस छुट्ने समय नै निर्धारण नभएको बसको टिकेट बेच्न सक्छन्।बस काउन्टरमा नै गएर टिकट काट्नुपर्छ।यस्तो गर्दा ठगिबाट बचिन्छ।साथै आफूलाई सहज हुने समय, मन परेको कम्पनीको बस र सिट छानेर बस्न पाइन्छ।जोहोर्बरुको लार्किन बस स्टेसन र क्वालालम्पुरको टिबीएस

स्टेसनबाट टिकट काट्दा तपाईँ बस कम्पनीको काउन्टरमा जानुपर्दैन।कुनै पनि काउन्टरबाट कुनै पनि गन्तव्य, बस कम्पनी र समयको टिकट काट्न सकिन्छ।टिकट काट्दा अनिवार्य पासपोर्ट वा आइडी देखाउनुपर्छ।नदेखाएमा टिकट काट्न पाइदैन।स्टेसनमा हुने प्रहरीले पक्रेर जेल हाल्न सक्छन्।काटेको टिकट सुरक्षाका साथ राख्नुपर्छ।टिकेट २३ ठाउँमा जाँच गरिन्छ।बस छुट्ने गेट पुग्नु अघि हुने इलेक्ट्रोनिक गेटमा टिकेट स्क्यान गरेर मात्र जान मिल्छ।टिकेट हराए नयाँ टिकेट लिनुपर्छ।लामो दुरीको यात्रा गर्दा आफूलाई चाहिने सामान जस्तै खानेकुरा, टिस्यु पेपर, पानी, आदि किनेर बोक्नुपर्छ।बिदाको दिनमा यात्रा गर्दा जाममा पर्न सकिन्छ।बिचमा एक ठाउँमा मात्र शौचालय प्रयोग गर्न रोक्छ।

धेरै जसो ठाउँमा निशुल्क प्रयोग गर्न मिल्ने भए पनि कुनै कुनै ठाउँमा ३० सेन तिर्नुपर्ने हुन सक्छ। त्यसैले सिक्का वा सेन लिएर हिँड्दा राम्रो हुन्छ।बस भित्र फोहोर जथाभाबी फाल्न पाइँदैन।यसो गरे भारी जरिवानामा परिन्छ।फोहोर फाल्न बसको अगाडी डस्टबिन राखिएको हुन्छ।यदि फोहोर धेरै छ भने प्लास्टिकमा राखेर बसबाट ओर्लिएपछि फोहोर फाल्ने ठाउँमा फाल्नुपर्छ।बस भित्र वा बस स्टेसनको कुनै पनि ठाउँमा चुरोट पिउन हुँदैन।

पिएको फेला परे कडा कारबाही र जरिवाना हुन्छ।मुख्य सहर बाहेक अरू ठाउँबाट बस चढ्दा सिट नम्बर दिए पनि जो पहिले आउँछ, त्यसैले मन लागेको सिट छानेर बस्ने चलन छ।आफूले छानेकै सिटमा बस्ने भए बस आउने बित्तिकै चढ्नुपर्छ।
नोट  यो लेख शुभयात्रा टिमले तयार परेको हो।वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्। हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क मा जानुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *