अन्तरास्ट्रिय

साउदी राजकुमारले भने- खशोगी हत्याको जिम्मेवारी म लिन्छु

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले पत्रकार जमल खशोगी हत्याको जिम्मेवारी आफूले लिने बताएका छन्  उनले आफ्नै निगरानीमा खशोगीको हत्या भएको भएको स्वीकार गरेको पब्लिक ब्रोडकास्टिङ सर्भिस पीबीएस डकुमेन्ट्रीमा जनाइएको छ  उक्त डकुमेन्ट्री आगामी साता प्रशारण गरिने भएको छ उनले सार्वजनिक रुपमा भने खशोगी हत्यामा आफ्नो संलग्नता भएको बताएका छैनन्  सीआईए र केही पश्चिमी मुलुकले भने राजकुमार सलमानकै निर्देशनमा खशोगीको हत्या भएको बताएका छन् तर, साउदी अधिकारीले भने राजकुमारको कुनै संलग्नता नभएको दाबी गर्दै आएका छन् ।

खशोगी हत्याले विश्वको ध्यान तानेको थियो  उक्त हत्यामा राजकुमारको संलग्नता भएको भन्दै उनको ‘इमेज’ मा समेत प्रश्न उठाइएको थियो राजकुमार सलमालनले अहिलेसम्म अमेरिका र युरोप भ्रमणसमेत नगरेको बताइएको छ “उक्त घटना मेरो निगरानीमा भएको थियो  उक्त घटनाको सबै जिम्मेवारी मैले लिन्छु  किनभने त्यो सबै मेरो आँखा अगाडि भएको छ, ” राजकुमार सलमानले पीबीएसका मार्टिन स्मिथसँग बताएको डकुमेन्ट्रीको प्रिभ्यूमा उल्लेख गरिएको छ  खशोगी हत्याको एक वर्ष पूरा भएको स्मृति दिवसको पूर्वसन्ध्या अर्थात अक्टोबर १ मा उक्त डकुमेन्ट्री सार्वजनिक गरिने भएको छ ।

इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावास पुगेयता साउदी सरकारका आलोचक खशोगी बेपत्ता छन्  उनी त्यहाँ सन् २०१८ को अक्टोबर २ मा गएका थिए  टर्कीस्थित साउदी वाणिज्य दूतावासमा दूतावासमै झडपका क्रममा उनको मृत्यु भएको स्वीकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *