मनोरंजन

जब सुरविनलाई निर्देशकले शरीर देखाउन आग्रह गरे…

अभिनेत्री सुरविन चावला पनि अन्य अभिनेत्रीहरु जस्तै ग्ल्यामर इन्डष्ट्रिमा कास्टिङ काउचको सिकार बनेकी छन्  सुरविनले एक अन्तर्वार्तामा कास्टिङ काउचको भयनक घटनाको खुलासा गरेकी छन्  अहिलेसम्म उनी एक पटक होइन, दुई पटक होइन १ पाँचपाँच पटक कास्टिङ काउचको सिकार बनेकी छन् ।

सुरविनका अनुसार उनले तीन पटक साउथ फिल्म उद्योग र दुई पटक बलिउडमा कास्टिङ काउचको सामना गरेकी छन् यस घटनाको खुलासा गर्दै सुरविनले पिंकविलालाई एक अन्तर्वार्तामा भनिन् ‘बलिउडका एक निर्देशकले मेरो क्लिवेज कस्तो देखिन्छ भनेर हेर्न चाहन्थे  त्यस्तै अर्को एक निर्देशकले मेरो थाई हेर्न चाहन्थे ।’

सुरविनले टिभी शो गरेपछि साउथ फिल्म उद्योगमा कोशिस गरेकी थिइन्  साउथ फिल्म उद्योगमा भोगेकी कास्टिङ काउचको बारेमा भनिन् ‘मलाई एक निर्देशकले रेकीको लागि आफ्नो साथमा जानका लागि भने  उनले मेरो शरीरको एकएक इन्च जान्न चाहन्थे  त्यसपछि मलाई विश्वास लागेन र फिल्म छोडे ’उनले थपिन् ‘साउथमा एक नेशनल अवार्ड निर्देशकले कास्टिङ काउच गरे  निर्देशकको एक फिल्मको लागि मैले लामो समयसम्म अडिशनको प्रोसेस तय गरेकी थिएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *