प्रमुख समाचार

‘एसिड छ्यापेर जिन्दगी बरबाद नगरिदिऔंं’

काठमाडौं । गायक राजु लामाले एसिड प्रहार गर्ने अपराधीलाई कारबाही गर्नुपर्ने बताएका छन् । एसिड प्रहार ठूलो अपराध भएकाले यस्ता अपराधीलाई पुनः यस प्रकारका घटना हुन नदिने वातावरण सिर्जना गर्नुपर्नेमा उनको जोड छ ।“माया गर्ने तरिका हुन्छ । कसैले म मन पराउँदिन भन्यो भने त्यो च्याप्टर नै सकियो । मानेन भनेन भनेर उसको जिन्दगी नै बरबाद गरिदिन भएन,” बाह्रखरीसँग राजु भन्छन्, “न धोएर पखालिन्छ न पैसाले निको हुन्छ ।”

यस्ताखालका अपराधिक घटना हुन नदिन राज्य तथा सरोकारवाला पक्ष सचेत हुनुपर्नेमा उनको जोड छ । यस्ता घटनाका कतिपय अपराधीलाई अहिले पनि कारबाही नभएको राजुको गुनासो छ । “यस्ता घटना बढ्दै गाएका छन् । यसलाई निर्मुल पार्दै जानु आजको आवश्यकता हो,” उनले भने, “विना कसुर कसैले पनि जिन्दगीभर अरुका कारण आफ्नो जिन्दगी बरबाद पार्नु नपरोस् ।”

पीडितलाई न्याय दिलाउनु र अपराधीलाई कारबाही गर्नु राज्यको दायित्व भएकोभन्दै पीडितलाई सहयोग गर्नुपर्नेमा उनको जोड छ ।राजु एसिड पीडित मुस्कान खातुनलाई भेट्न अस्पताल नै पुगेका थिए । ‘द भ्वाइस अफ नेपाल’ सिजन२ मा कोचसमेत रहेका मंगोलियन हार्टका गायक राजु लामाले मुस्कानलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

राजु लगायत मुस्कानलाई बलिउड कलाकारद्धय वरुण धवन र कृति सेननले पनि भिडियो कल गर्दै सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यी दुवै कलाकारले छिटै मुस्कानसँग भेट्ने इच्छा पनि व्यतm गरेका छन् ।१५ वर्षिय मुस्कान खातुनलाई भदौ २० गते गाउँकै दुई युवा मजिद मिया र सम्साद आलमले एसिड प्रहार गरेका थिए ।एसिडका कारण मुस्कानको अनुहारको दाँया भाग, घाँटीको दाँया भाग र दाँया हात जलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *