प्रमुख समाचार

मलेसिया जाने कामदारले तिरेको रकम रोजगादाताले फिर्ता गर्ने आधार छैन : कुमुद खनाल [भिडियो वार्ता]

काठमाडौं- नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी करिब १६ महिना बन्द भएपछि भदौ २९ गते आइतबारदेखि सुरु भइसकेको छ।कामदारमाथि आर्थिक भार थपिएको र भेन्डर कम्पनीमार्फत सिन्डिकेट खडा भएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते मलेसिया रोजगारी बन्दको घोषणा गरेका थिए।

भेन्डर परिवर्तन गरी मलेसिया जाने कामदारमाथि भएको सिन्डिकेट हटाएपछि मात्रै कामदार भर्ना प्रक्रिया सुरु गर्ने मन्त्री विष्टको अडानसँगै १६ महिना बन्द रहेको मलेसिया रोजगारीमा न त भेन्डर परिवर्तन हुन सक्यो, न त सिन्डिकेट खारेज नै।

यसबीचमा श्रमिक, म्यानपावर व्यवसायी र समग्र राष्ट्रले नै ठूलो क्षति बेहोर्नुपर्‍यो। एकातिर नेपाली श्रमिकको रोजगारीका अवसर गुमे भने अर्कातिर अर्बौं रेमिट्यान्स पनि।मलेसिया रोजगारीमै व्यवसाय सञ्चालन गर्दै आइरहेका केही म्यानपावर व्यवसायीको कारोबार समेत ठप्प भयो।तर आगामी नोभेम्बरको पहिलो साताभित्र मलेसियाली बायोमेडिकल प्रणालीमा केही नयाँ स्वास्थ्य संस्था थप्न सकिने गरी शून्य लागतमा कामदार पठाउन औपचारिक सुरुवात भइसकेको छ। यसैलाई सरकारले मलेसिया रोजगारीमा ठगी र सिन्डिकेट अन्त्य भएको दाबी गर्दै आएको छ।

सरकारले मलेसिया रोजगारीमा सिन्डिकेट र ठगीको अन्त्य भएको दाबी गर्दै आएपनि कामदारहरू एक लाखदेखि डेढ लाखसम्म तिरेर मलेसिया जान बाध्य छन्। यहाँ श्रमिकहरुले म्यानपावर लगायत भेन्डर कम्पनीलाई बुझाएको रकम मलेसियाली रोजगारदाता कम्पनीले नै व्यर्होने मीठो आश्वासन वितरणमा नै सरकार मख्ख छ।कामदारले म्यानपावर तथा भेन्डर कम्पनीलाई बुझाएको रकम मलेसियाली रोजगारदाता कम्पनीबाट फिर्ता पाउने वा नपाउने भन्ने विषयमा सरकारले गत वर्षको कात्तिक १२ गते श्रम समझदारी एमओयु गरिसकेकाले यसको जिम्मा पनि सरकारले नै लिन्छ त भने प्रश्न खडा भएको छ।

वैदेशिक रोजगारीको सम्रग क्षेत्रसँगै मलेसिया रोजगारीका सम्बन्धमा म्यानपावर व्यवसायीहरूको धारणा के छ? उनीहरुको के भन्दै छन्? नेपालमा प्रतिव्यक्ति डेढलाखसम्म बुझाएर मलेसिया पुगेका नेपाली श्रमिकले रोजगारदाताबाट सो रकम फिर्ता पाउन सक्ने सम्भावना कत्ति छ? करिब १६ महिना बन्द रहेको मलेसिया रोजगारी सुचारु भएसँगै मलेसिया रोजगारीमा सिन्डिकेट अन्त्य भएकै हो त? के अब नेपाली श्रमिकहरु शून्य लागतमा मलेसिया रोजगारीमा जान पाउँछन्? यी र यस्तै सन्दर्भमा नेपाल लाइभका सुमन शर्माले वैदेशिक रोजगार व्यवसायी संघका पूर्व प्रथम उपाध्यक्ष तथा फ्युजन इन्टरनेसनल म्यानपावरका सञ्चालक कुमुद खनालसँग गरेको भिडियो कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *