खेलकुद

ग्रिजम्यानसँगको सम्झौतामा बार्सिलोनालाई ३ सय युरो जरिवाना

स्पेनिस फुटबल फेडेरेशन आरएफइएफले बार्सिलोनालाई ३ सय यूरो जरिवाना तिराउने भएको छ। ला लीगामा प्रतिद्वन्दी एथलेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यानलाई प्रस्ताव गरेको भन्दै बार्सालाई फेडेरेशनले कारवाही गरेको हो।

स्पेनिश च्याम्पियन बार्सिलोनाले जुलाई १ मा ग्रिजम्यानसँग १२० मिलियन यूरोमा सम्झौता गरेको थियो। तर, फेडेरेशनले बार्साले नियम उल्लंघन गर्दै एथलेटिकोको अनुमतिबिना ग्रिजम्यानसँग सम्झौता गरेको बताएको छ। २८ वर्षीय विश्वकप विजेता ग्रिजम्यानले पाँच वर्षका लागि बार्सासँग सम्झौता गरेका थिए।

एथलेटिकोले १२० मिलियन युरो अपर्याप्त भएको भन्दै खेलाडी प्रतिको दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै आएको थियो। नेयमार, एम्बाप्पे, फिलिप कौटिन्हो, फेलिक्स र डिम्बेलेसँगै ग्रिजम्यान पनि विश्वका छैठौं महँगा खेलाडीको सूचीमा पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *