प्रमुख समाचार

जलवायु परिवर्तनको संकट रोक्न विश्व समुदायसँग वनमन्त्रीको अपिल

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानमा गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गरेका छन् । पृथ्वी र मानव अस्तित्वलाई संकटमा पार्ने जोखिमतर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराए ।

संयुक्त राष्ट्र संघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा जारी जलवायु कार्य शिखर सम्मेलनको ‘अ कल फर एक्सन रेजिङ एम्बिसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स’ र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’मा सम्बोधन गर्दै मन्त्री बस्नेतले दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।जलवायु परिवर्तन अनुकूलनका प्रभावकारी कार्यक्रम तय गर्नु पर्ने उनको भनाइ थियो । कार्यक्रममा बस्नेतका जलवायु परिवर्तनबाट साना र गरिब मुलुकहरु बढी प्रभावित रहेको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

‘जलवायु परिवर्तनको नकारात्मक प्रभावले गरिब र साना मुलुकहरु बढी प्रभावित छन्,’ बस्नेतले भने, ‘त्यसका लागि साझा र एकताबद्ध प्रयास जरुरी छ ।’ उनले लजवायु परिवर्तनमा कम भूमिका भए पनि अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक श्रोतको व्यवस्था गर्न सम्मेलनमा प्रस्ताव गरे । एसियाली विकास बैंकको आयोजनामा भएको अर्को कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई महत्वका साथ अघि बढाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *