एजेन्सी, १० असोज । बलिउड सुपरस्टार सलमान खान आज अदालतमा पेश हुँदैछन् । भारतको जोधपुरमा कालो हरिणको शिकार र अवैध हतियारको मुद्दामा शुक्रबार जोधपुर ग्रामीणको जिल्ला र सेशन न्यायलयमा पेश हुन लागेका हुन् ।
खान यसअघि अदालतमा पेश भएका थिएनन् जसका कारण अदालतले उनलाई यो पटक नआए कडा कारबाही गर्ने बताएको छ ।कारवाहीबाट जोगिन पनि आज भने सलमान खान अदालतमा पेश हुन सक्ने अनुमान गरिएको छ । आज भन्दा ठीक एक हप्ता अगाडि सलमान खानलाई सामाजिक संजालमा ज्यान मार्ने धम्की दिइएको थियो ।