Uncategorized

ग्रिजम्यानलाई भित्र्याउँदा नियमसंगत नभएकोमा बार्सिलोनालाई जरिवाना

फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानको अनुबन्ध नियमसंगत नभएको भन्दै बार्सिलोनामाथि स्पेनिस फुटबल महासंघले ३ सय युरो जरिवाना गरेको छ।बार्सिलोनाले ग्रिजम्यानलाई १ सय २० मिलियन युरोमा अनुबन्ध गरेको थियो। तर बार्सिलोनाले नियमविपरित ग्रिजम्यानसँग कुरा गरेको भन्दै महासंघले जरिवाना गरेको हो। कुनै खेलाडीसँग सम्झौताका लागि कुरा गर्दा क्लबसँग स्वीकृति लिनु पर्ने नियम छ।

एट्लेटिको म्याड्रिडले ग्रिजम्यानको रिलिज क्लज २ सय मिलियन युरो रहेको बताएको छ। क्लबले बार्सिलोनाले गत मार्च महिनाबाटै ग्रिजम्यानसँग कुरा गर्न सुरु गरेको र सो बेला नै उनको रलिज क्लज २ सय मिलियन रहेको दाबी गरेको छ।

जुलाई महिनामा ग्रिजम्यानको रिलिज क्लज १ सय २० मिलियनमा झरेको थियो। त्यहीबेला बार्सिलोनाले ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो।२८ वर्षीय विश्वकप विजेता ग्रिजम्यानले ५ वर्षको सम्झौता गरेको हो।ग्रिजम्यान सन् २०१४ मा स्पेनिस क्लब रियल सोसिडाडबाट एट्लेटिकोमा आबद्ध भएका थिए। त्यसयता उनले एट्लेटिकोका लागि २५६ खेलमा १३३ गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *