मनोरंजन

हृत्तिक रोशनलाई ३० हजार युवतीको प्रपोज

काठमाडौं–बलिउड अभिनेता हृत्तिक रोशन थोरै फिल्म खेल्छन् तर राम्रा फिल्म खेल्छन् ।उनी अभिनीत फिल्म हत्तपत्त फ्लप भएका पनि छैनन् । त्यसो त डेब्यु फिल्म ‘कहो ना प्यार है’ ले नै बक्स अफिसमा ब्लकबस्टर्स बिजनेशमात्रै गरेको थिएन, यसै फिल्मबाट हृतिकले डेब्यु अभिनेता र अभिनेता दुबैबाट फिल्म फेयर अवार्ड जितेका थिए ।फिल्म फेयरमा उक्त फिल्मले मुख्य नौ अवार्ड नै हत्याएको थियो ।

यसै वर्ष पनि हृत्तिकएक गणित शिक्षकको जीवनीमा आधारित फिल्म ‘सुपर ३०’ मार्फत सर्वत्र छाए । बक्सअफिस देखि समिक्षकसम्मको वाहवाही पाएका उनी यतिबेला भने रिलिजका क्रममा रहेको ‘वार’ को प्रोमोसनमा व्यस्त छन् ।

अग्लो मिलेको कद, खैरा आँखा भएका हृतिकको फ्यान फलोइङ पनि भर्चुअल दुनियाँमा निकै छ ।हालै ‘द कपिल शर्मा शो’ मा कार्यक्रम होस्ट कपिलसँग कुराकानीका क्रममा उनले ‘क हो न प्यार है’ पछि युवतीहरूको प्रेम प्रस्तावको ओइरो लागेको खुलाएका छन् । ‘उक्त फिल्म हिट भएपछि ३० हजार बढीले विवाहका लागि प्रस्ताव गरेका थिए,’ हृतिकले भनेका छन् ।

२०००को जनवरीमा उक्त फिल्म रिलिज हुँदा उनी २६ वर्षका मात्र थिए । तर हृतिकले भने पहिलो फिल्म रिलिज लगत्तै प्रेमिका सुजैन खानसँगै विवाह गरे । भलै, यी दुईको वैवाहिक सम्बन्ध पनि १४ वर्ष मात्रै टिक्यो । यतिबेला फेरी सिंगल स्टाटसमा रमाइरहेका हृत्तिकले अहिले भने कति प्रेम प्रस्ताव आउँछन् भन्नेचाहिं खुुलाएनन् । कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *