मनोरंजन

मैले १७ वर्षसम्म गाडी देख्न पाएको थिइँनः दयाहाङ राई

दयाहाङ राईको जन्म भोजपुरको खावामा ०३७ साल वैशाख १ मा भयो।उनको बाल्यकाल गाउँमै वितेको थियो। ०६० सालदेखि अभिनय क्षेत्रमा आएका राईले हालसम्म ३५ वटा चलचित्रमा अनिनय गरिसकेका छन्।उनका नाटको संख्या २५ जति छ। तर, अहिलेका चर्चित कलाकार राईले १७ वर्षसम्म गाडी चढ्न त के देख्न पनि नपाएको खबर आज शुक्रबार प्रकाशित भएको साप्ताहिकले छापेको छ।

‘मैले आफ्नो जीवनको धेरै लामो समय गाउँमा विताएँ,’ राईले भनेका छन्, ‘१८ वर्षको उमेरसम्म गाउँमै बित्यो। कलेज पनि मैले गाडी नभएको ठाउँमा पढेँ। गाडी देख्न मैले १७ वर्ष कुर्नुपर्यो।’अहिले चाहीँ राईको गाउँ भोजपुरको खावामा गाडी पुगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *