खेलकुद

नेयमार आज बार्सिलोनाको अदालतमा उपस्थित हुँदै

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका स्टार खेलाडी नेयमार आज शुक्रबार बार्सिलोनाको अदालतमा उपस्थित हुने भएका छन् । पीएसजी जाँदा फुटबल क्लब बार्सिलोनाले लोयल्टी बोनास नदिएको भन्दै नेयमारले अदालतमा मुद्दा दायर गरेको थियो । सोही बारेको मुद्दाको लागि नेयमार बिहीबार क्याटालान राजधानी आएका हुन् ।

नेयमार उक्त मुद्दाको लागि स्थानीय समयअनुसार आज बिहान ९ः४५ बजे अदालतमा उपस्थित हुँदैछन् । बार्सिलोनाले भने नेयमारबाट १४ मिलियन फिर्ता मागेका छन् । नेयमारले क्लबसँग सन् २०२२ सम्मको लागि सम्झौता गरेको भए पनि छोडेर २२२ मिलियन युरोमा पीएसजी गएका थिए ।बार्सिलोनाले भने गत समर ट्रान्सफर विन्डोमा नेयमारलाई फिर्ता ल्याउने प्रयास गरेको थियो । तर, लेनदेनको कुरा नमिल्दा प्रकृया रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *