मनोरंजन

को हुन् करिना कपुरको पहिलो ‘क्रश’ ?

एजेन्सी । उमेरले ३९ वर्ष पुगेकी बलिउड अभिनेत्री करिना कपुर खान तीन फिल्ममा ब्यस्त छन् । उनी आउँदो २७ डिसेम्बरमा प्रदर्शन हुने ‘गुड न्यूज’ तथा सन् २०२० मा प्रदर्शन हुने फिल्महरु ‘अंग्रेजी मिडियम’ तथा ‘लाल सिंह चड्डा’ फिल्मको लागि फिल्मको प्रोडक्शनमा व्यस्त छिन् । यसका साथै उनी रियलिटी शो ‘डान्स इन्डिया डान्स’बाट पहिलो पटक टिभीमा पनि डेब्यु गरेकी छिन् । भर्खरै यसै रियलिटी शोमा अभिनेत्री करिनाले पहिलो पटक आफ्नो क्रशको बारेमा कुरा गरेकी छन् ।

मुम्बई मिररको एक रिपोर्ट अनुसार शोको होस्ट करण वाहीले करिनालाई आफ्नो पहिलो क्रशको बारेमा प्रश्न गरे । कयौं पटक यो प्रश्नको जवाफ फर्काउन इन्कार गरेपनि अन्त्यमा आएर आफ्नो पहिलो क्रम अभिनेता राहुल राय भएको बताइन् । उनले भनिन् ‘मैले राहुल रायको फिल्म आठ पटक हेरेकी छु ।’सो फिल्मलाई महेश भट्टले निर्देशन गरेका थिए । १९९० मा रिलिज भएको उक्त फिल्ममा राहुल राय र अनु अग्रवाल मुख्य भूमिकामा थिए । फिल्मको एल्बमले राम्रो चर्चा पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *