प्रमुख समाचार

घटस्थापनामा गण्डकी प्रदेश सरकारले दियो बिदा

पोखरा- हिन्दु नेपालीको महान चाड दशैंको पहिलो दिन घटस्थापनामा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ ।गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात् असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।मन्त्रीपरिषदको बिहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

यसअघि घटस्थापनाको दिनमा दिइँदै आएको बिदा संघीय सरकारले काटेको थियो । यसअघि क्षेत्री समाज नेपालसहितका संघसंस्थाहरुले दशैँ शुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएका थिए ।प्रदेश सरकारले केन्द्र सरकारले प्रदान गरेको ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकारमा टेकेर यो बिदा घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *