मनोरंजन

संसारकै कान्छि अर्बपत्ति

विश्वको सबैभन्दा उमेरले कान्छी अर्बपत्ति हुन् काइली जेनर । फोब्र्सका अनुसार काइली सन् २०१९ की विश्वको सबैभन्दा उमेरले कान्छी अर्बपत्ति हो । काइली अमेरिकी मोडेलसँगै मिडिया व्यक्तित्व र महिला व्यवसायी पनि हुन् । काइलीको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर अनुमान गरिएको छ ।

सन् २००७ देखि काइली ई रियालिटी टेलिभिजन श्रृंखला किपिङ्ग अप विथ द कार्डाशियन्समा अभिनय गरिरहेकी छिन् । अमेरिकामा उनको आफ्नै काइली कस्मेटिक कम्पनी छ । उक्त कम्पनी उनले सन् २०१५ देखि काइली लिप किट्सको नामले सञ्चालनमा ल्याएकी थिइन्, पछि नाम परिवर्तन गरेर काइली कस्मेटिक राखेकी हुन् ।सन् २०१७ मा फोर्ब्सले प्रकाशित गरेको १०० फोर्ब्स सेलिब्रेटीको सूचीमा सबैभन्दा उमेरले कान्छि काइली नै थिइन् । नोभेम्बर २०१८ मा न्यु योर्क पोष्टले उनलाई फेसन उद्योगमा सबैभन्दा प्रभावशाली सेलिब्रिटीको श्रेय दिएको थियो ।

काइलीसँग अढाई २ करोड पर्ने बेन्टले बेन्टायगा, महंगो विलासी रेन्ज रोवर अटोबायोग्राफि, लाम्बोर्गिनी अभेन्टोर, मर्सिडिज जी–वैगन र दुईवटा फरारी गाडीहरु छन् । उनीसँग क्यालिफोर्नियास्थित हिड्न हिल्समा १६ करोड अमेरिकी डलर पर्नै आलिशान १३ हजार दुई सय स्क्वायर फुटको घर छ । काइलीले उक्त ठाउँमा अन्य सम्पत्ति पनि जोडेकी छिन् । उनले त्यही १२ करोड अमेरिकी डलर पर्नै अर्काे भव्य १३ हजार स्क्वायर फुटको घर किनेकी छिन् ।

काइली १९७६ सम्मर ओलम्पिक डेकाथ्लन विजेता ब्रुस जेनर र टिभी व्यक्तित्व क्रिस जेनरकी कान्छी छोरी हुन् । उनको जन्म सन् १९९७ लस एन्जलस, क्यालिफोर्नियामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *