काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई एक वर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने दावी गरेका छन् ।नेकपा सम्पर्क समन्वय कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा दाहालले एक वर्षमा जनताको एकमात्र पार्टी नेकपा भएपछि मात्र विश्राम लिने घोषणा गरेका हुन् । एकताको केही काम मात्रै बाँकी रहेको भन्दै उनले एकता प्रक्रियामा हात्ती छिरेर पुच्छरमात्रै बाँकी रहेको टिप्पणी गरे ।
एकता प्रक्रियाले लामो समय लिँदा, पार्टी कमिटीहरु गतिशील नहुँदा त्यसले पार्टीलाई नै क्षति पुगेको उनको भनाई छ । तीन महिनामा टुंगिनु पर्ने एकता १५ महिना लागेरै भए पनि टुंग्याएरै छाडेको उनले बताए ।
अध्यक्ष दाहालले कम्युनिस्टहरु चीन जस्तै माथि उड्न पनि सक्ने र जमिनमा खोस्रन पनि सक्ने भएको बताए । झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उनको दाबी छ ।उनले बैज्ञानिक आलोचना गरे त्यसलाई स्वीकार गर्ने तर तथाकथीत आलोचना गरे चूप लागेर नवस्ने स्पष्ट पारे ।