मनोरंजन

एयरपोर्टमा भेटिए अघोर बाबाको फ्यानै फ्यान, लुम्बिनीमा गरियो भब्य स्वागत (पुरा भिडियो)

काठमाडौँ । बिगत ३० वर्ष देखि अघोरीबाबा बनेका मृतुन्जय बाबासंग भूतप्रेत, किचकन्या र अन्य विषयमा कुराकानी गरिएको छ । काठमाडौँमा जन्मिए पनि उनि ५ वर्ष देखि अनाथ भएका थिए । त्यसपछि उनि आश्रमको साहारामा पुगेका थिए । त्यसपछि उनि बाजेको साहारामा भारत पुगेका थिए ।

उनि भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को जीवन । आज उनि ६१ वर्ष पुगी सके तर २० वर्षको हुदा देखि सिकेको अघोरबाबाको ध्यान अझै दिन रात जब्छन । बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौ भैसक्यो । राती त्यस्तो एकान्त ठाउमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले ।

उनको बाल्यकाल देखि युवावस्थाको बारेमा युट्युब च्यानलको विभिन्न अन्तर्वार्तमा बताउदै आएपनि उनको युवावस्थाको भिडियो भने देख्न पाइएको थिएन । अहिले आएर उनै भाइरल अघोर बाबाको युवावस्थाको भिडियो बाहिरिएको छ । उनले एक कार्यक्रमको बीच नाच्दै अंग्रेजी गित गाएका छन ।

बाबा यति सम्म भाइरल बनेकी उनलाई विभिन्न अफरहरु आउन थालेको छ । बिज्ञापनमा अभिनय देखि टेलिसिरियल सम्म खेल्न भ्याइसकेका बाबालाई विभिन्न ठाउमा हुने कार्यक्रमहरुमा निम्तो पनि आउन थालेको छ । यसै बीच उनि तिलौराकोट पुगेका छन । काठमाडौँबाट लुम्बिनी पुग्दा काठमाडौँ विमानस्थल देखि नै उनको फ्यानहरुको लाइन देखियो । लुम्बिनी पुग्दा उनलाई फूलमालाले भव्य स्वागत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *