मनोरंजन

साम्राज्ञीको शूटिङ अनुभव ; ट्याक्टर चलाउँदा पावरफूल फिल गरेँ

काठमाडौं, १० असोज । आजदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’ मा शीर्ष भूमिका निभाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यो फिल्म हेर्दा दशैँ आएको महसुस भएको बताएकी छिन् ।

राजधानीमा राखिएको स्पेशल शोमा फिल्म हेरिसकेपछि साम्राज्ञीले छाया‌कंनका क्रममा रमाइलो भएको स्मरण गरिन् । उनले भनिन्, ‘फिल्ममा मैले आजसम्म नगरेको कामहरु गरेकी थिएँ, लाज पनि लागेको थियो, तर यस्तो काम पनि गर्न सक्ने रहेछु भन्ने कुराले खुशी लागेको थियो ।’

उनले अगाडी थपिन्, ‘काम गर्दा म खुशी पनि थिएँ, फिल्मको एक दृश्यमा ट्याक्टर चलाउनुपर्ने थियो, त्यतिबेला मैले झन् बढी पावरफूल फिल गरेँ, किनकि मैले यसअघि त्यो काम गरेकी थिइनँ ।’उनले दर्शकले यसअघि आफूलाई फरक खालका फिल्म किन नगरेको भन्दै प्रश्न सोध्ने गरेको र अब यो प्रश्नबाट ती दर्शकले पनि उत्तर पाउने धारणा राखिन् । ‘दर्शकले यस्तो फिल्म किन नगरेको भनेर पनि प्रश्न सोध्नुहुन्थ्यो,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *