प्रमुख समाचार

दाङबाट २७ हजार रुपैयाँ दशैँ खर्च लिएर फर्किए दैलेखका राउटे

काठमाण्डाै – जंगली जीवन बिताउँदै आएका राउटे समुदायलाई घोराही उपमहानगरपालिकाले दशैँ खर्चका रुपमा २० हजार रुपैयाँ प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट पनि उनीहरुले ७ हजार रुपैयाँ बुझेका छन् ।

उनीहरुलाई खाजा, खाना खुवाएको र २० हजार रुपैयाँ दशैँ खर्च उपलब्ध गराएको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो । त्यसैगरी नगद ७ हजार रुपैयाँ र उनीहरुलाई दैलेख जाँदासम्म भाडा नलाग्ने गरी बस समितिसँग समन्वय गरेर पठाएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

लोपाेन्मुख समुदायको सूचीमा रहेका राउटेहरुलाई केही वर्षदेखि सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।जंगलमा बस्ने, जंगलकै कन्दमूल तथा जीवजन्तुहरु मारेर खाने गरेका राउटेहरु दैलेखबाट दशैँ खर्च जुटाउन दाङमा आएका हुन् ।सहायक मुखिया नारायणबहादुर शाहीको नेतृत्वमा बिहीबार बेलुका दाङ आएका राउटेहरु दशैँ खर्चका लागि शुक्रबार विभिन्न सरकारी कार्यालयमा पुगेका थिए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट उनिहरुले ७ हजार रुपैयाँ बुझेका छन् । नगद ७ हजार रुपैयाँ र उनिहरुलाई दैलेख जाँदा सम्म भाडा नलाग्ने गरी बस समिति सँग समन्वय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

दैलेखको एउटा जंगलमा बस्दै आएका झण्डै २ सय जना राउटेलाई दशैँ मनाउन १० वटा खसी बोका चाहिने शाहीको भनाइ छ । दशैँमा टीका लगाउने, नयाँ कपडा किन्ने, मासु खाने भन्दै उनीहरु अहिले विभिन्न जिल्लामा दशैँ खर्च जुटाउन हिँडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *