राजनिति

मुलुकमा भ्रष्टाचार बढ्यो : नेता केसी

सिमरा : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मुलुकमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्। बाराको सिमरामा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै नेता केसीले तीन तहको निर्वाचनपछि मुलुकमा सुशासनभन्दा पनि भ्रष्टाचार संस्थागत हुँदै गएको आरोप लगाए।

तीन तहको सरकार, प्रशासन र न्यायलयमा भ्रष्टाचार बढिरहेको आरोप लगाउँदै नेता केसीले यो दलदलबाट मुलुकलाई बाहिर निकाल्न खबरदारी गर्न जरुरी रहेको बताए। जनप्रनितिधि चुनावमा गरेको खर्च उठाउन केन्द्रित हुँदा विकास निर्माण र सुशासनको कामले गति लिन नसकेको नेता केसीको भनाई थियो।

‘करोडौ खर्चिएर चुनाव जितेका जनप्रतिनिधि त्यही खर्च उठाउन केन्द्रित छन्। सांसदलाई पनि बजेट नै चाहिएको छ। प्रशासन, अख्तियार र अदालतमा घुसकै खेल हुन्छ’, नेता केसीले भने, ‘अहिले त झन भ्रष्टाचार बढ्को छ। देश खोक्रो हुँदै छ। कोही गम्भीर छैनन्।’नेता केसीले मुलुकमा राष्ट्रियतामाथिको हस्तक्षेप बढिरहेको भन्दै संघीयता खारेज हुनुपर्ने बताए। मुलुकलाई टुक्राएर सुशासन कहिल्यै कायम हुन नसक्ने उनको दाबी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *