मनोरंजन

बलिउड नायिका काजोल अब लेखिका पनि, के लेखिन् श्रीदेवीबारे?

बलिउड नायिका काजोल अब लेखिकाको पनि पहिचान बनाउन उद्धत भएकी छन्।उनले सहकर्मी श्रीदेवीका बारेमा लेखिएको पुस्तकको प्रस्तावना लेखेकी छन्।दिवंगत अभिनेत्री श्रीदेवीकाको बायोग्राफीमा आधारित ‘श्रीदेवी द इन्टरनल स्क्रिन गडेज’ को प्रस्तावना काजोलले लेखेकी हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

पुस्तकबारे काजोलले लेखेकी छन्, ‘म फिल्मको सेटमा श्रीदेवीको स्टारडम र ठूलो पर्दामा उनको जादू हेर्दै हुर्किएकी हुँ। उनी आफैंमा फिल्मको एक संस्था थिइन्। उनी सदैव मेरो फेवरेट रहनेछिन्।’

 

फेसबुकले ‘लाइक’ र ‘रियाक्सन’ संख्या हटाउँदै
तपाईं फेसबुकमा कुनै फोटा वा स्टाटस राख्नुहुन्छ। केही छिनपछि कति ‘लाइक’ वा ‘रियाक्सन’ आएछन् भनेर हेर्न थाल्नुहुन्छ। धेरै संख्या देखे दंग पर्नुहुन्छ। थोरै भए निराश।

तपाईं पनि यसमा पर्नुहुन्छ भने अब यी सबै झन्झटबाट चाँडै मुक्त हुन सक्ने सम्भावना छ। फेसबुकले लाइक र रियाक्सनको संख्या नदेखाउने तयारी गरेको छ। र, यसको सुरूआत अष्ट्रेलियाबाट भएको छ।शुक्रबारदेखि अष्ट्रेलियाका फेसबुक प्रयोगकर्ताहरूले आफ्ना फोटा वा स्टाटसमा कति जनाले लाइक र रियाक्सन गरे भनेर हेर्न नपाउने भएका छन्। यसअघि नै अष्ट्रेलियाका प्रयोगकर्ताहरूको इन्स्टाग्रामबाट यो सुविधा हटिसकेको छ।

फेसबुकले केही समययता यो कामको परीक्षण गरिरहेको थियो। केही देशमा जुलाईबाटै लागू भएको यो परिवर्तन विवादास्पद पनि भइरहेको थियो। तर फेसबुकले कुनै पनि ‘पोष्ट’बाट लाइक संख्या हटाउनु भनेको प्रयोगकर्तामा सामाजिक चाप कम गर्ने एउटा प्रयास भएको बताएको छ।फेसबुक अष्ट्रेलियाका प्रवक्ता मिया गार्लिकले यसबारे भनेका छन्, ‘लाइक र रियाक्सनको प्रतिस्पर्धा भन्दा पनि मानिसहरूले उनीहरूबीचको अन्तर्क्रियाको गुणस्तरका साथै ‘कन्टेन्ट’ गुणस्तरमा ध्यान केन्द्रित गर्नुपर्छ।’

लाइक र रियाक्सनको प्रतिस्पर्धाले युवा वर्गहरूको मानसिक स्वास्थमा हानी पुग्न गएको र अनावश्यक दवाव पर्ने गरेको अध्ययनले देखाएको छ।गार्लिकले थप भनेका छन्, ‘कम्पनीले मानसिक स्वास्थ्य विशेषज्ञहरू र एन्टी बुलिङ समूहसँग यस विषयमा छलफल गरेको थियो। प्राविधिक विज्ञहरूले पनि यो पूर्वानुमान गरेका थिए।’

यो परिवर्तनबारे केहीले भने ठीक नभएको प्रतिक्रिया छ दिएका छन्। उनीहरूले लाइक संख्या उनीहरूको व्यवसाय लागि महत्वपूर्ण छ भन्दै आएका छन्।फेसबुकको यो परीक्षणलाई निरन्तरता दिएर स्थायी बनाइन्छ वा हटाइन्छ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *