मनोरंजन

साडीमा राम्री देखिन के गर्ने ?

महिलाहरु विभिन्न भाडपर्वहरुमा साडी लगाउन रुचाउँछन् । सही तरिकाले साडी लगाइएन भने साडीमा राम्रो देखिनुका साटो भद्दा देखिनसक्छ । साडीमा राम्री देखिन त्यसलाई लगाउने कुरा थाहा हुनुपर्छ । साडीको ब्लाउज शरीरको संरचना अनुसार बनाउनसपर्छ । एकदमै टाइट वा खुकुलो लगाउनुहुँदैन । साडीको रंग अनुसार मेकअप गर्नुपर्छ । साडीको रंग गाढा छ भने हलुका मेकअप गर्नुपर्छ । हलुका रंगको साडी छ भने गाढा मेकअप गर्नुपर्छ ।

कोहीकोही साडीसँग धेरै गरगहना लगाउन मन पराउँछन् । साडीसँग गरगहना सुहाउँछ भन्ने धेरैलाई लाग्छ , तर, हरेक साडीसँग गहना सुहाउँदैन । साडी नै हेभी डिजाइन र इम्ब्राइडरी गरिएको छ भने त्यससँग हेभी गरगहना सुहाउँदैन । यस्तो साडीमा हलुका गरगहना लगाउनसपर्छ ।

हिल जुत्तामा सजिलो महसुस नगर्ने वा लगाउन नचाहनेले साडी नलगाएकै बेस । साडीसँग हिल जुत्ता नै बेस । साडीसँग हिल जुत्ता नै राम्रो देखिन्छ । सादा प्ल्याट जुत्ता साडीमा राम्रो देखिदैन । साडीसँग सबै कुरा म्याचिङ हुनुपर्छ भन्ने सोच बदल्नुपर्छ । कन्ट्रास्ट गरेर लगाएको राम्रो देखिन्छ । साडी र ब्लउज एउटै रंगको छ भने चुरा र टिका फरक रंगको लगाउनुपर्छ ।साडी कम्मरमा बाँध्नुपर्छ । कम्मरभन्दा धेरै माथि बाँधिएको साडी राम्रो देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *