Uncategorized

मौसम अझै खुलेन, मनसुन अझै सक्रिय

देशभरको मौसम अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

आइतबार दिनभर देशभरि सामान्य हुने जनाइएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । मध्य र पूर्वका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।हाल मनसुनी न्यून चापीय रेखा औसतबाट केही उत्तर तिर सकेको छ । यस्तै भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ । यस्तै भारतको उत्तर प्रदेशमा अर्को न्यून चापिय प्रणाली विकास भएकाले मौसम बदली भएको हो ।अरब सागर र बंगालको खाडीबाट आएको जलवास्पयुक्त वायुको प्भावले मनसुनी गतिविधि सक्रिय भएको मौसमविदले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *