खेलकुद

मेस्सीबिना नै मैदान उत्रेको बार्सिलोनाको शानदार जित, स्वारेज र फिर्फोले गरे १/१ गोल

एजेन्सी, १२ असोज ।म कप्तान लिनेल मेस्सीबिनै मैदान उत्रेको बार्सिलोनाले ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा शानदार जित निकालेको छ ।गेटाफेलाई उसकै घरमा २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई शानदार जित दिलाउनका लागि लुइस स्वारेज र जुनियर फिर्फोले समान एक/एक गोल गरे ।

कप्तान मेस्सी मंगलबार भिल्लारियलविरुद्धको खेलमा चोट बोकेपछि हाफ टाइममै बाहिरिएका थिए । उनीसँगै युवा फरवार्ड अन्सु फाती पनि मैदान बहिर नै रहेका थिए । फातीको दायाँ घुँडामा समस्या देखिएको छ ।खेलको ४१औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले गोलकिपर मार्क आन्द्रे टर स्टेगेगनले बक्स क्षेत्रबाट दिएको लामो दूरीको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ८२औं मिनेटमा जुनियर फिर्फोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा खेल बार्सिलोनाले २-० गोल अन्तरले जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *