प्रमुख समाचार

दुइ जिल्लामा भूकम्पको धक्का

काठमाडाैं । आइतबार बिहानै भूकम्पको धक्का महसुश गरिएको छ । आइतबार बिहान दुइ जिल्लामा भूकम्पकाे धक्का महसुश गरिएकाे हाे।राष्ट्रिय भूकम्प मापन केन्द्रविन्दुका अनुसार बिहान ७ः२७ मिनेट जाँदा बागलुङ र रोल्पा केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो । बिहानै भूकम्पले हल्लाएपछि मानिसहरु त्रसित भएका थिए ।

यसरी जोगाउन सकिन्छ मुटु
आज विश्व मुटु दिवस। अध्ययनहरूले देखाएका छन् कि, आकष्मिक मृत्युको एउटा मुख्य कारण ‘हृदयघात’ हो। यसमा नेपाल पनि अलग छैन। र, त्यसबाट बच्नका लागि हामीले ‘मुटु जोगाउने’ जीवनशैली अपनाउन जरुरी छ।

मुटु कसरी स्वस्थ राख्ने ?

स्वस्थ खानेकुरा : खाने कुरामा हामी कहिल्यै सम्झौता नगरौं। खाने कुरामा पोषणतत्वहरको सन्तुलन जरुरी छ। जस्तो कि, प्राटिन, कार्बोहाइड्रेड, चिल्लो, भिटामिन, खनिज आदि। त्यस्तै ताजा फलफूलहरु, हरियो तरकारीहरू, दूग्धजन्य पदार्थ, अण्डा, माछामासु। यी सबै शरीरलाई चाहिले चीजहरु हुन् तर, यसमा सन्तुलन जरुरी छ।

नुनिलो चिजहरु, गुलियो तथा चिल्लो पदार्थहरुलाई निकै सन्तुलन गर्न जरुरी छ। सकेसम्म यी चिजहरु कम गर्दा नै राम्रो। यस्ता खाने कुराको सन्तुलनले गर्दा हाम्रो शरीरको कोलस्ट्रोल र रक्तचापलाई सन्तुलनमा राख्दछ।

नियमति कसरत : सक्रिय जीवनमा हामी केबल शरीरको तौलमा मात्रै ध्यान दिन्छौँ। तर, यतिमात्रै होइन हाम्रो शरीरको बोसो, रक्तसन्चार, रक्तचाप को मात्रा यी सबै पनि बेलाबेलामा चेकजाँच गराइरहनुपर्छ र यसतर्फ सचेत हुन जरुरी छ। यो सबलाई सन्तुलन गरेर मुटु स्वस्थ राख्नका लागि नियमित शारीरिक कसरतको पनि जरुरी छ। त्यस्तै योगा गर्दा पनि राम्रो हुन्छ।

धुमपान र मध्यपान छोडौं : धुमपान र मध्यपानजस्ता अरु ‘नसा’जन्य पदार्थको लत तत्काल छोडौं। मुटुका लागि यो कुनै पनि हालतमा राम्रो छैन।

चिन्ता नगर्ने र प्रशस्त सुत्ने : योगा अनि ध्यानमा मन लगाउँदा चिन्ता दूर हुन्छ। यसले चिन्ताको मात्रा घटाउँछ। हृदयघातका लागि तनाव सबैभन्दा घातक कुरा हो। यसलाई घटाउनैपर्छ। त्यसैगरी समयमा सुत्ने चाहिनेजति निद्रा पुर्‍याउन जरुरी छ।

सुगरको सन्तुलन : नियमित रक्तचाप चेकजाँच गरौँ र सुगरको मात्रा पनि सन्तुलनमा राखौं । सुगर (मधुमेह) पनि घातक छ। शरीरलाई चिनीको मात्रा चाहिने भएपनि यसको सन्तुलन जरुरी छ। त्यसैले नियमित चेकजाँच गरौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *