मनोरंजन

‘रामायण’को अफर पाएपछि श्रद्धाले लव रञ्जनको प्रोजेक्टबाट हात झिकिन्

फिल्म ‘साहो’ र ‘छिछोरे’मा अभिनेत्री श्रद्धा कपुरको कामलाई निकै रुचाइयो । यी दुवै फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेका छन् । दुई फिल्मले बक्स अफिसमा १०० करोड भन्दा बढीको ब्यापार गरेको छ । यसैबीच अभिनेत्री श्रद्धाको हातमा धेरै फिल्महरु छन्, जहाँ श्रद्धाले स्ट्रिड डान्सर३ डीमा बरुण धवन र अर्को फिल्म बागी३मा टाइगर श्रफसँग काम गर्दैछन् ।

त्यस्तै जानकारी अनुसार श्रद्धाले निर्देशक लव रञ्जनको फिल्मबाट आफ्नो हात झिकिसकेकी छन् । यो फिल्ममा श्रद्धाले अर्की अभिनेत्री दीपिका पादुकोणलाई रिप्लेस गरेकी थिइन् । बलिउड हंगामाको रिपोर्ट अनुसार लव रञ्जनको प्रोजेक्टबाट श्रद्धा अलग भइसकेकी छन् ।

त्यसोत छिछोरे निर्देशक नितेश तिवारीले आगामी फिल्म रामायणको लागि श्रद्धालाई पुनः सम्पर्क गरेका छन् । यो फिल्म गर्न श्रद्धा इच्छुक रहेकी बताइएको छ । एक सुत्रले भने‘श्रद्धा कपुरलाई लव रञ्जनको आगामी फिल्मको लागि सम्पर्क गरिएको थियो । यो फिल्ममा श्रद्धा कपुरले अभिनेता रणवीर कपुरसँग काम गर्ने वालामा थिइन् । यो फिल्म गर्न श्रद्धा उत्साहित पनि थिइन् । तर, यसैबीच रामायण फिल्मको अफर पाएपछि श्रद्धाले लव रञ्जनको प्रोजेक्टबाट हात झिकेकी हुन् । यी दुवै फिल्मको सुटिङ डेट एउटै भएको कारण फिल्मबाट हात झिकेकी हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *