मनोरंजन

यस्तो बन्यो विराज र निकिताको ‘साङ्लो’ पोस्टर

काठमाडौं । एक्शन अभिनेता विराज भट्टको आगामी फिल्म ‘साङ्लो’को पोस्टर सार्वजनिक भएको छ । फागुन ९ गतेबाट दर्शकमाझ रिलिजमा आउदै गरेको ‘साङ्लो’को सार्वजनिक पोस्टरमा अभिनेता विराजलाई एकशन अवतारमा प्रस्तुत गरिएको छ ।

यो भन्दा पहिल्यै छठको अवसरमा कात्तिक १५ गते रिलिज गरिने भनिएको ‘साङ्लो’को शनिबार मात्रै पोस्टरसहित नयाँ रिलिज मिति तोकिएको हो । विराजको यसै ‘साङ्लो’बाट मिस नेपाल२०१७ निकिता चाण्डकले पनि आफ्नो फिल्मी करियर सुरु गर्दैछन् ।

यो फिल्ममा विराज र निकिताका साथमा कामेश्वर चौरासिया, प्रकाश शाह, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, भरत शाह, दुर्गा सुवेदी, आरपी पन्त लगाएत मुख्य भूमिकामा छन् ।फिल्मलाई अभिनेता विराज आफैले निर्माण तथा निर्देशन गर्दैछन् । फिल्ममा किड्नी तस्करीको कथालाई प्रस्तुत गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *