मनोरंजन

यसरी भेटेका थिए कपिल शर्माले जीवनसाथी

एजेन्सी‘कमेडी नाइट विथ कपिल’ र ‘द कपिल शर्मा सो’का सञ्चालक कपिल शर्मा केहीअघि विवाह बन्धनमा बाँधिए । अब त उनी बाबु बन्दैछन् । लामो समयसम्म पर्दाबाट गायव भए पनि कपिल गिन्नी चतरथ नामकी युवतीसँगको विवाहपछि चर्चामा आएका थिए । अहिले उनी कमेडी सोका साथ सानो पर्दामा आइरहेका छन् ।

आजभाेलि त कपिलले बारम्बार आफू बाबु बन्न लागेकाे कुरा बताइरहेका हुन्छन् । उनी श्रीमती गिन्नी चतरथको वास्तविक नाम भवनीत चतरथ हो । उनलाई मायाले सबैले गिन्नी भनेर बोलाउँछन् ।जलन्धरको शिख परिवारमा जन्मिएकी गिन्नी र कपिल शर्माको भेट पहिलोचोटि सन् २००५ मा मुम्बईमा भएको थियो । त्यतिवेला कपिल २४ र गिन्नी १९ वर्षका थिए ।

कपिल शर्मा त्यस समय थिएटरमा सो निर्देशकको काम गर्थे । अडिसनकै दौरान कपिल शर्माको भेट गिन्नीसँग भएको थियो । गिन्नीको कामबाट उनी प्रभावित भए र उनलाई नाटकको हिस्सा बनाए । त्यस समयमा गिन्नी कपिलका लागि घरबाट खाना लिएर आउने गर्थिन् ।

सुरुमा अभिनेत्री बन्ने सपना देखेकी गिन्नीले सन् २००९ मा स्टार वानको स्ट्यान्डअप कमेडीमा भाग लिएकी थिइन्, जसमा कपिल शर्मा पनि थिए । सोपछि गिन्नीलाई पञ्जाब टेलिभिजनबाट अफर पनि आयो ।तर, उनले अभिनयबाट टाढा रहने बताइन् । फाइनान्समा एमबिए गरेकी उनले आफ्नो बाबाको व्यावसायमा सघाउने निर्णय गरिसकेकी थिइन् ।

कपिल शर्मा पहिलोचोटि गिन्नीको हात माग्न जाँदा गिन्नीका बाबाले अस्वीकार गरेका थिए । पछि फेरि २०१६ डिसेम्बरमा कपिलले फोन गरेर गिन्नीसँग विवाह गर्ने इच्छा व्यक्त गरे । यसपालि भने कपिलको प्रस्तावलाई गिन्नीका बाबाले स्विकारे ।१७ मार्च २०१७ मा कपिलले आफ्नो फ्यानसँग गिन्नी आफ्नी श्रीमती भनेर इन्स्टाग्राबाट जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *