काठमाडौं – एक्सन स्टार विराज भट्टको फिल्म ‘साङ्लो’ को फस्ट लूक सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता विराज भट्टलाई देख्न सकिन्छ ।विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भइहरेको यो फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउने पनि जनाइएको छ । पहिलो फिल्म तिहारको अवसर पारेर कार्तिक १५ मा रिलिज गरिने भनिएको थियो ।
तेजबहादुर खड्काले लगानी गरेको यो फिल्ममा विराज भट्टको निर्देशन समेत रहनेछ । विराजले यो फिल्ममा पूर्व मिस नेपाल निकिता चण्डकसँग रोमान्स गरेका छन् ।फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् भने मानकृष्ण महर्जनले खिचेका हुन् ।‘साङ्लो’ मा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।