मनोरंजन

बिहान उठ्दा कंगना ऋतिक रोशन भइन् भने…

एजेन्सी बलिउडमा मात्र होइन, अब ऋतिक रोशन र कंगना रनौटबीच भएको विवादबारे विश्वले जानकारी राखिसकेको छ । तर, भारतमा पत्रकारहरु कंगनालाई ऋतिकको विषयमा प्रश्न सोध्न भने छोड्दैनन् । यी दुई बीचको विवाद कतिसम्म भएको थियो भने ऋतिकले कंगनाको विषयमा उनका लागि कानुनी सूचनासमेत पठाउन बाध्य भएका थिए ।

यी दुईबीच विवाद भएको ३ वर्ष भइसकेको छ । तर, अहिलेसम्म पनि यी दुई बीचको यो विवाद रोकिएको छैन । कहिले सामाजिक सन्जालमा त कहिले विभिन्न अन्तर्वार्तामा यो विवादबारे प्रश्न उठिरहेको हुन्छ ।

हालै एक कार्यक्रममा पनि यही विषयमा प्रश्न आयो । एक पत्रकारले कंगनालाई हाइपोथेटिकल प्रश्न सोधेतपाईं भोलि विहान ऋतिक भएर उठ्नु भयो भने के गर्नुहुन्छ ?कंगनाले सहजै जवाफ दिइन् कंगनालाई फोन गर्थेँ र माफी माग्थेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *