प्रमुख समाचार

काठमाडाैं ७ लाखले छाडे, गाउँ फर्किनेकाे लर्काे

काठमाडौं । बडादशैंं आइतबारदेखि शुरू भएसँगै सो चाड मान्न गाउँ जानेको सङ्ख्या बढ्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्यांंकअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म झन्डै ६ लाख ८९ हजार ५ सय ७१ जना उपत्यकाबाट बाहिरिइसकेका छन् । पछिल्लो २४ घन्टाको तथ्यांकले भने १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौंबाट गाउँ गएको देखाएको छ ।

यस्तै ८८ हजार ८० सवारीसाधन उपत्यकाबाट बाहिरिएको सोही तथ्यांकले देखाएको छ । महाशाखाका प्रवक्ता रविकुमार पौडेलले यो सङ्ख्या क्रमशः बढ्दै जाने भएकाले सार्वजनिक गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *