प्रमुख समाचार

साँखु–जोरपाटी–शंखरापुर सडक मर्मतको माग गर्दै स्थानीय बासिन्दा पुनः आन्दोलित

काठमाडौँ  सडकको अवस्था दयनिय भएकाले तत्काल मर्मत गरी अवस्था सुधारको माग गर्दै आएको साँखुजोरपाटीशंखरापुर सडक सरोकार समितिले सोमबारदेखि सरोकारावाला निकायलाई ध्यानाकर्ष गराउन पुनआन्दोलन थालेको छ ।

सडक साँघुरो तथा भत्किएकाले आवतजावतमा समस्या भएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् । पटकपटक आन्दोलन गर्दा पनि समस्या समाधान नभएकाले पुनः सडक संघर्षमा आउन बाध्य भएको सरोकार समितिले जनाएको छ ।

समितिले शंखरापुर नगरपालिकासहितका नियकालाई यो दसैँ भित्र सडक मर्मत गरी सहज रुपमा आवतजावत हुने वातावरण मिलाउन माग गरेको छ ।समितिले दबाबका लागि सोमबार खुलालटार चोकमा धर्ना दिएको छ । दसैँभित्र सडकको अवस्था सुधार नभएमा शृङ्खलाबद्ध आन्दोलन गर्न बाध्य हुने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *