मनोरंजन

राजेश र करिष्मा एउटै भिडियोमा

काठमाडौं । नायक राजेश हमाल र नायिका करिष्मा मानन्धर एउटै गीतमा देखिएका छन् । ‘चट्ट बसम् देउरालीमा’ बोलको गीतमा नायक हमाल र करिष्माले अभिनय गरेका हुन् ।

मेलिना राई र भीम चापागाईंको स्वर रहेको गीतको शब्द तथा संगीत दीपक शर्माको छ ।उत्सव दाहालले खिचेको भिडियो अच्युत बजगाईंले सम्पादन गरेका छन् । देवेन्द्र पाण्डेले भिडियो निर्देशन गरेका छन् ।सेलुलाइड प्रविधिमा नेपाली चलचित्र निर्माण हुँदा दर्जनौं चलचित्रमा सँगै काम गरेका करिष्मा र राजेशले लामो समय पछि स्क्रिन सेयर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *