मनोरंजन

दसैंमा किन रामलीला प्रदर्शन गरिन्छ?

गुलरिया दसैंको अवसर पारेर बर्दियाको सदरमुकाम गुलरियामा रामायणको चरित्रमा आधारित रामलीला प्रर्दशनी सुरु गरिएको छ । युवापुस्तामा सनातन धार्मिक परम्पराको बोध गराउँदै धार्मिक सहिष्णुता कायम गर्न रामलीला प्रर्दशन गरिएको हो ।

गुलरियास्थित बसपार्क नजिकै रहेको आँपबगैचामा नवरात्रभर रामलीला प्रर्दशन सुरु भएको रामलीला मूल समारोह समितिका अध्यक्ष मनोज यादवले बताए। गुलरिया नगरपालिका, स्थानीय व्यवसायी, उद्योग बाणिज्य संघ, नागरिकको सहयोगमा रामलीला आयोजना गरिएको हो ।

घटस्थापनादेखि ९ दिनसम्म रामको चरित्रमा आधारित रामलीला विजयादशमीको दिन रावणको बध गर्दै समापन हुन्छ । रामलीला प्रर्दशनका लागि भारतको अयोध्याबाट कलाकार झिकाइएको छ ।

समग्र कार्यक्रमका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने आयोजको अनुमान छ। बेलुकी ७ बजेदेखि प्रर्दशन सुरु गरिने रामलीला करिब ५ घण्टासम्म प्रर्दशन हुन्छ । दसैंका अवसरमा आयोजित रामायण कथामा आधारित धार्मिक नाट्य चरित्रलाई तराईमा महत्वका साथ लिने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *