प्रमुख समाचार

सुनको भाउ घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा २ सयले घटेको छ। आइतबार ७० हजार २ सयमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा ६ सयले घटेको थियो।

तेजाबी सुनको मूल्य तोलाको ६९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ८४५ रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *