मनोरंजन

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को कमाई कति

काठमाडौँ । असोज ३ गते रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले पहिलो हप्तामा ७ करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । दोस्रो साता पनि यस फिल्मले सानदार कमाइ गरिरहेको बताइएको छ ।

रिलिजका क्रममा राजधानीका सबैजसो मल्टिप्लेक्सहरु ८० प्रतिशत भन्दा बढी अकुपेन्सी थियो । यसरी पहिलो दिनमा नै एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको थियो ।नेपाली चलचित्रहरुमा यो २०७६ सालकै उच्च कलेक्सन भएको चलचित्र निर्माण टीमको दाबी गरेको थियो ।

अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बरालकाे बेजाेड अभिनय रहेकाे यस फिल्मकाे निर्देशक रामबाबु गुरुङ हुन् ।रामबाबु गुरुङको निर्देशनम बनेको चलचित्र ‘कबड्डी’को तेश्रो सिरिज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *