मनोरंजन

ब्रेकअपपछि कसरी दिन कटाउँछन् केटाहरु

एजेन्सी । समय सधंै सुमुधुर कहाँ हुन्छ र । प्रेमिका वा पत्नी सबैको सधै कहाँ साथ दिन्छन र । सबैलाई श्रीमती वा गर्लफ्रेण्डसँग समय बिताउन खुब रमाइलो लाग्छ । यस बीचमा उनीहरु विभिन्न विषयमा कुराकानी गर्छन् ।

सम्बन्ध बलियो बनाउन भनेपनि कुराहरु गरिराख्नु राम्रो मानिन्छ । तर, कहिलेकाहीँ केटाहरु वा श्रीमानहरुलाई लाग्छ कि उनीहरु एकान्त चाहन्छन् वा श्रीमती वा गर्लफ्रेण्डसँग झगडाका कारण एक्लै बस्न मन पराउँछन् ।

जब गर्लफ्रेण्ड वा श्रीमती आफ्नो जिन्दगीदेखि पर हुन्छन् तब श्रीमान वा ब्वाइफ्रेण्ड विभिन्न कुराहरु सोचेर बस्ने गर्छन् । खुल्लापन महसुस हुने बित्तिकै केटाहरु वा श्रीमानहरुले गर्ने ५ कुराहरु यस्ता रहेका छन् ।

१. कलेजका दिनहरु याद गर्दै एक्स गर्लफ्रेण्डबारे कुरा गर्न उनीहरु रुचाउँछन् । खुल्ला भएपछि हरेक कुरा आफ्नो तरिकाले उनीहरु गर्न रुचाउँछन् । केही अधुरा कामहरु गर्न उनीहरु तल्लिन हुन्छन् ।

२. यदि श्रीमती घरमा छैनन् भने वा केटा सिंगल छ भने अन्य केटा साथीहरुसँग रमाइलो गर्ने, खेल हेर्ने प्रोगाम बनाउन व्यस्त हुन्छन् । यसबीच साथीहरुसँग विभिन्न विषयमा छलफल समेत गर्न उनीहरु रुचाउँछन् ।

३. मिठो निन्द्रा निदाउन उनीहरु कोशिस गर्छन् । साथीहरुसँग मस्ती ज्यादा गर्ने हुँदा ट्रिप प्लानिङ धेरै गर्छन् ।

४. कोठा अध्यारो पारेर फिल्म हेर्ने तथा खाने कुराहरु टन्न कोठामा राख्न उनीहरु रुचाउँछन् ।

५. जब गर्लफ्रेण्ड वा श्रीमती टाढा जान्छन् सबैभन्दा बढी केटाहरु खेल खेल्नमा ध्यान दिन्छन् । केटाहरुसँगको गफमा उनीहरु रमाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *