मनोरंजन

यी हुन् हलिउडमा जमेकी नेपालीकी छोरी अमृता

एजेन्सी । नर्वेजियन एक्ट्रेस अमृता आचारिया ‘गेम अफ थ्रोन’ को दोस्रो सिजनमा काम गरेकी थिइन् । इरी नाम गरेको भूमिकामा रहेकी उनले फ्यानहरुमा बडा गज्जबको प्रभाव पारेकी थिइन् ।

हलिउडमा चर्चाको पात्र बनेकी यी अभिनेत्रीकी पिता नेपाली हुन् भने आमा युक्रेनी । उनी काठमाडौमा हुर्केकी हुन् । पछि परिवार बेलायत बसाइँ सरेर गएपछि केही समय लण्डनमा बिताएकी थिइन् ।

उनी १३ वर्षको छँदा उत्तर नर्वेमा बसाइँ सरेका थिए । हाल उनी र उनको परिवार नर्वेमा बस्दै आइरहेका छन् । उनले धेरै संख्यामा स्टेज कार्यक्रम गरेकी छिन् । उनको पहिलो प्रस्तुती रहेको नाटक थियो ‘एलेभेटर’ ।

सानो फिल्म ‘इन द कम्पनी अफ वोल्फ्स’, ब्रिटिस नाटक‘क्याजल्टी’ मा काम गरेकी थिइन् । सन् २०१० को जुलाई २८ मा ‘गेम अफ थ्रोन्स’ मा इरीको भूमिकाको लागि उनी छानिएकी थिइन् ।पहिलो सिजन गेस्ट स्टारको रुपमा उनी प्रस्तुत भएकी थिइन् । दोस्रो सिजनमा उनको भूमिका भने बोल्ड रहेको थियो । इरी दोस्रो सिजनको मध्यतिर मारिएकी थिइन् ।

उनको क्यारेक्टर मारिएपछि दर्शकहरुले ठूलो आक्रोश पोखेका थिए । उनको भूमिकालाई एकपटक फेरि जीवित बनाइएको छ । नर्वेमा नागरिकता पाउन नसकेपछि उनले उक्त कार्यक्रम छोड्नु परेको थियो ।उनलाई चार वटा भाषाहरु मज्जाले बोल्न आउँछ । उनले लण्डन एकेडमी अफ लाइभ एण्ड रेकर्डेडबाट आफ्नो अध्ययन पुरा गरेकी हुन् ।उनले धेरै संख्यामा नाटकहरु खेलेकी छिन् । उनको बलिउडमा पनि डिमाण्ड बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *