आर्थिक

भारतीय प्रतिबन्धको असर नेपाली भान्सामा, एकै दिन प्याजको मूल्य ३० रुपैयाँ बढ्यो

१३ असोज, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ ।कालिमाटी तरकारी बजार विकास समितिकाअनुसार सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रपैयाँ औसतमा पुगेको छ । अघिल्लो दिन १०५ रुपैयाँ मात्र थियो ।भारतीय प्रतिबन्धको साझो असर नेपाली बजारमा परेको समितिका अधिकारीहरु बताउँछन् ।

दसैँको मुखमा भारतद्वारा नेपालमा प्याज निर्यातमा प्रतिबन्ध
भारतको केन्द्र सरकारले अनिश्चित कालका लागि सुकेको प्याज निर्यात बन्द गरेको छ।प्याजमा पूर्ण रुपले भारतमा निर्भर नेपालमा यसको असर तत्कालै देखिने व्यवसायीले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अनियन्त्रित रुपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्रतिबन्ध लगाएको हो।यसले काठमाडौँ लगायत नेपालका प्रमुख सहरमा प्याज अभाव हुने देखिएको छ।कृषि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भारतले प्याज निर्यातमा रोक लगाएकाले अब चीनबाट ल्याउने प्रयत्न गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *