Uncategorized

सभामुख महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप, भन्छन्- यसमा सत्यता छैन, फसाउन खोजियो

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणीको प्रयास गरेको गम्भीर आरोप लागेको छ।संसद् सचिवालयकै एक महिला कर्मचारीले महरामाथि जबर्जस्ती करणी गर्न खोजेको आरोप लगाएकी हुन्।

सभामुख महराले मदिरा पिएर आफूमाथि आइतबार साँझ पौने ८ बजे कुटपिट गर्दै जबर्जस्ती करणीको प्रयास गरेको बताएकी हुन्।आफूलाई विस २०६८ देखि नै सभामुख महराले मानसिक रूपमा यातना दिँदै आएको उनले बताएकी छन्। सो समयमा पनि मोबाइल नै फुटाइदिएको पनि ती महिलाले नेपाल लाइभसँग बताएकी छन्।’सत्ता र शक्तिको दुरूपयोग गरी आफूलाई थप पीडा दिने हुन् कि भन्ने डर लागेको छ,’ ती पीडितले भनिन्, ‘कानुन बनाउने थलोको नेतृत्व गर्ने व्यक्तिबाटै यतिसम्म प्रहार हुन्छ भने हामी कोही पनि सुरक्षित छैनौं।’

यो आरोपका विषयमा सभामुख महराले भने कुनै सत्यता नभएको र आफूलाई फसाउन खोजिएको मात्र बताएका छन्।नेपाल लाइभसँग कुरा गर्दै सभामुख महराले भने, ‘यो विषयमा कुनै सत्यता छैन। फसाउन खोजिएको मात्र हो। मैले यसबारे विस्तृत जानकारी पछि दिनेछु।’यो विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको बताएको छ। तर उजुरी भने नआएको बताएको छ।यस विषयमा पीडितसँग गरिएको कुराकानी केही बेरमा प्रकाशन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *