मनोरंजन

ऋतिक रोशनसँगको सवाल सोध्दा कंगनाको यस्तो जवाफ

कंगना रनावतको बलिउड जगतमा चर्चा भइरहन्छ । कंगना र ऋतिक रोशनको विवाद पनि चर्चामा रहिरहने गर्छ ।हालै एक अन्तर्वार्तामा कंगनालाई सोधियो  यदि तपाईं ऋतिक रोशन हुनुभयो भने सबैभन्दा पहिले के गर्नुहुन्थ्यो?यसको जवाफ दिनुभन्दा पहिले कंगना केही समयका लागि चुप रहिन् । त्यसपछि उनले जवाफ दिँदै भनिन्  भन्थेँ कि, कृपया मलाई माफ गरिदिनुस् ।

उनलाई फेरि अर्को प्रश्न सोधियो यदि तपाईं एक दिनका लागि सलमान खान बन्नुहुन्थ्यो भने?उक्त सवालमा कंगनाले भनिन्  म मिडियावालाको कानमा समाउँथे । किनकि सलमान खानले यसो गर्दा मिडियालाई कुनै समस्या हुँदैन । तर, मैले गरेँ भने दुखी हुन्छन् ।कंगना र ऋतिक रोशनको विवाद पुरानो भइसकेको छ । कंगनाले कुनै न कुनै बहानामा ऋतिकमाथि आरोप लगाइरहेकी हुन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *