प्रमुख समाचार

सवारी जाम हटाउन नौबिसे–नागढुंगामा प्रहरीको अप्रेसन टोली

काठमाडौं  राजमार्गलाई सहज बनाउन प्रहरीको अप्रेसन टोली खटिएका छन् ।नौबिसे नागढुंगा सडक खण्डमा सवारी जाम नियन्त्रण गरी सुरक्षित र सहज यात्रा बनाउन जिल्ला प्रहरीले राजमार्ग अप्रेसन टोली परिचालन गरिएको हो ।जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको टोलीमा प्रहरीमा नायव उपरीक्षक रुपक खड्का, गजुरी प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, गजुरीस्थित जिल्ला ट्राफिक इन्चार्ज प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट र खानीखोला प्रहरी निरीक्षक रुकबहादुर खड्का छन् ।

जिल्ला प्रहरीले यात्रामा कुनै पनि असहज महसुस भए वा अकारण सवारी जाम भए तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूलाई आग्रह गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *