प्रमुख समाचार

७० तोपको सलामी दिएर चीनले मनाउँदै ७० औं वार्षिकोत्सव,राष्ट्रपति सीले भने—चीन एक देश दुई प्रणालीमै अघि बढ्छ

बेइजिङ्ग । चीनले कम्युनिस्ट पार्टीले सत्ता सम्हालेको ७० वर्ष पुगेको अवसरमा आज बेइजिङ्गमा ७० तोपको सलामी दिएर स्थापना दिवस मनाउन सुरु गरेको छ । महिला र पुरुषको अतिरिक्त संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी सेनाहरुलाई समेत कार्यक्रममा सहभागी गराइएको ग्लोबल टाइम्सले जनाएको छ । चीनले पहिलो पटक डीएफ१७ बालिस्टिक मिसाइल पनि वार्षिकोत्सवको परेडमा राखेको छ ।

कार्यक्रम तियानमेन स्क्वायरमा भइरहेको जनाइएको छ । २० वटा हेलिकोप्टर ७० को आकारमा आकाशमा उडाइएको थियो । सैनिक ट्रुपलाई राष्ट्रपति सी जिनपिङ्गले अवलोकन गरेका थिए ।सो अवसरमा सन्देश दिँदै चीनका राष्ट्रपति सी जिनपिङ्गले ‘चीन एक देश, दुई प्रणाली’मा चल्ने जनाएका छन् । उनले शान्तिपूर्ण रुपमा पुनर्एकीरकणको प्रक्रियामा जाने पनि जाने बताउँदै निरन्तर रुपमा हङकङ तथा मकाउको वैभवता तथा स्थिरतामा पनि ध्यान दिइने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *