प्रमुख समाचार

आहा ! सीको स्वागतमा चिटिक्क काठमाडौं

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरेर राजधानी काठमाडौ बेहुली जस्तै सिँगारिएको छ । दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक घोषणा नभएपनि काठमाडौलाई भने चिटिक्क बनाइएको छ । उनको स्वागतमा काठमाडौंलाई सिगार्ने काम धमाधम भइरहेको छ ।

काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने चटारोसमेत सरकारलाई यहीबेलामा परेको छ । आम नेपाली नागरिकहरु दशैंमा रमाइरहका बेला पनि काठमाडौं सिँगार्ने काम रोकिएको छैन ।

शनिबार फूलपातिको दिन पनि नयाँ बानेश्वर क्षेत्रमा सडकपेटी तथा भित्ताहरु रंगाउने, फ्लेक्स बोर्डहरु राख्ने काममा मजदुरहरुलाई खटाइएको छ । बेला बेलामा अन्तरराष्ट्रिय पाहुनाहरु नेपाल भ्रमणमा आउँदा काठमाडौंलाई यसैगरी सिँगारेर चिटिक्क बनाउने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *