खेलकुद

सिंगापुरपछि ओमान पुग्यो नेपाल, हङकङसँग भिड्दै, पारस र सन्दीपमा नजर

काठमाडौं : पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न नेपाली टोली ओमान पुगेको छ। नेपालले आइतबार हङकङसँग खेल्दै छ। प्रतियोगितामा नेपालले नेदरल्यान्ड्स, आयरल्यान्ड र ओमानसँग पनि खेल्ने छ।

राउन्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली प्रतियोगिताको विजेता बन्ने छ। नेपाल सिंगापुरमा त्रिकोणात्मक टीट्वेन्टी शृंखला खेलेर ओमान पुगेको हो। सिंगापुरमा भएको शृंखलामा सिंगापुर र जिम्बावे पनि थिए।

प्रतियोगितामा नेपालले जिम्बावेसँगका दुवै खेल हारेको थियो भने सिंगापुरसँग एक खेल जितेको थियो। एक खेल भने वर्षाका कारण रद्ध भएको थियो। तीन टोलीमा नेपाल दोस्रो भएको थियो। यसअघिजस्तै, ओमानमा पनि नेपालका कप्तान पारस खड्का र स्पीनर सन्दीप लामिछानेमाथी नजर हुने छ। पारसले सिंगापुरविरुद्ध सतक बनाएका थिए। सन्दीप हरेक खेलमा कसिलो बलिङ गरिरहेका छन्।

हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ। हङकङ आफ्नो पहिलो खेलमा शनिबार घरेलु टोली ओमानसँग सात विकेटले पराजित भएको थियो। हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ९६ रनमात्र जोड्न सकेको थियो।नेपाल र हङकङ अन्तर्राष्ट्रिय क्रिकेटका चिरपरिचित प्रतिद्धन्द्धी हुन्। यो खेल नेपाली समयअनुसार अपरान्ह पौने चार बजे सुरु हुने छ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *