खेलकुद

मेस्सी ‘दी लिजेन्ड’

एजेन्सी । विश्व फुटबल इतिहासमा विभिन्न खेलाडीहरुले आफ्नो खेलको माध्यमद्वारा समर्थकहरुको मन लोभ्याएका छन् । खेल प्रदर्शनको हिसाबले उनीहरुलाई समर्थन गर्ने मानिसहरु (फ्यान) पनि त्यति नै छन् ।

त्यसमध्यका समर्थकहरुलाई आफूतिर लोभ्याउन सफल खेलाडी हुन् लियोनल मेस्सी । मेस्सी अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान हुन् । उनले क्लब र देशका लागि उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन् । मेस्सीले स्पेनिस क्लब बार्सिलोनामा रहँदै क्लबका लागि सम्पूर्ण खाले उपाधिहरु जिताइ सकेका छन् ।

तर पनि मेस्सी हालसम्म खुसी भने छ्रैनन् । किनकी मेस्सीले देशका लागि हालसम्म ठूलो खाले अन्तर्राष्ट्रिय उपाधिहरु जिताउन सकेका छैनन् । यद्दपि उनले अर्जेन्टिनालाई ओलम्पिक फुटबलको उपाधि भने दिलाएका छन् । मेस्सी विश्वकप फुटबल र कोपा अमेरिकाको उपाधि भने दिलाउन सकेका छैनन् ।

मेस्सीको खेल र व्यक्तिगत जीवनबारे यहाँ चर्चा गरिएको छ ।

लियोनेल आन्द्रेस मेस्सी सन् १८७ जुन २४ मा जन्मिए । मेस्सी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडी मानिन्छन । मेस्सीले २१ वर्षको उमेरमा नै बालोन डी’ओर र फिफा वर्ष खेलाडीको उपाधि प्राप्त गरे । उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना हुन लाग्यो, जसले आफँै मेस्सीलाई आफ्नो ‘उत्तराधिकारी’ घोषित गरेका थिए ।

मेस्सीले कम उमेरमै फुटबल खेल्न सुरू गरे र चाँडै नै बार्सिलोनाले उनको क्षमता पहिचान गर्‍यो । उनले सन २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसहित युरोप गए । किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो ।

सन् २००४–०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला’लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने । मेस्सीको पहिलो आगमनमै उनले बार्सिलोनालाई ला’लिगा जिताउन सफल भए र सन् २००६ मा पुन : सो लिग र र्यूएफए यूरोपियन च्याम्पियनसिप जिताए । सन् २००६–०७ उनको सफलताको सिजन थियो । एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समूहमा स्थान बनाए । सम्भवतः सन् २००८–०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेस्सी ३८ गोल गर्दै लगातार तेस्रो सिजन जितको मुख्य भूमिकामा रहे ।

मेस्सी, २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा दुई गोलसहित जम्मा ६ गोल गरी सर्वाधिक गोल गर्ने खेलाडी बने । त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तराष्ट्रिय टिममा स्थान बनाउन सफल भए । सन् २००६ मा उनी अर्जेन्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिकामा अर्जेन्टिनालाई दोस्रो बनाउन सफल भए । सन् २००८ मा, उनले अर्जेन्टिना ओलम्पिक फुटबल टिमसँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान, ओलम्पिक स्वर्ण पदक जितेका थिए ।

प्रारम्भिक जीवन

मेस्सीको जन्म सन् २४ जुन, १९८७ मा रोसारियो, अर्जेन्टिनाको जर्ज मेस्सी (एक कारखाना मजदुर) र सीलिया (उर्फ कुक्कीटिनी) (एक अंशकालिक क्लीनर) परिवारमा भएको थियो । उनको पुर्खाको उद्गम इटालीको सहर एङ्कोनाबाट भयो, जहाँबाट सन् १८८३ मा उनको पूर्वज, एञ्जलो मेस्सी अर्जेन्टिनामा प्रवेश गरेका थिए । उनको रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकी एक बहिनी पनि छन् । मेस्सी पाँच वर्षको उमेरदेखि आफ्ना बुवा जर्ज मेस्सीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न सुरू गरे । सन् १९९५ मा मेस्सी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल वल्ड ब्वाइज क्लबको लागि खेल्न सुरू गरे । ११ वर्षको उमेरमा उनको प्रारम्भिक परीक्षणमा शारीरिक विकास हार्मोनको कमी पाइयो ।

ए डिभिजन क्लब रिभर प्लेटले मेस्सीको उपचारप्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त पैसा थिएन किनभने उनको उपचारमा प्रति महिना ९०० अमेरिकी डलर लाग्थ्यो । लेइडा, क्याटालोनियामा रहेका मेस्सीका एकजना आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेस्सीको प्रदर्शनबारे बताए । मेस्सी र उनको बुवाको लागि प्ररीक्षण दिने व्यवस्था मिलाए । उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च व्यहोर्ने शर्तमा अनुबन्धन ग¥यो। त्यसपछि मेस्सी सपरिवार युरोप स्थान्तरित भए र बार्सिलोना क्लबको युवा टिममा खेल्न सुरू गरे ।

क्लब जीवन : बार्सिलोना

मेस्सीले सन् १६ नोभेम्बर, २००३ मा (१६ वर्ष र १४५ दिनको उमेरमा) पोर्टोविरुद्ध एक मैत्रीपूर्ण खेलबाट आफ्नो बार्सिलोनाका लागि आफ्नो खेल जीवनको औपचारिक सुरूआत गरे । त्यसको एक वर्षभन्दा पनि कम समयमा नै सन् १६ अक्टोबर २००४ मा (१७ वर्ष र ११४ दिनको उमेरमा) फ्रान्क रिजकार्डले उनलाई इस्पेन्योल विरुद्धको खेलबाट आफ्नो पहिलो लिग खेल सुरूआत गर्ने मौका दिए र उनी त्यस समयसम्ममा बार्सिलोनाको लागि खेल्न तेस्रो सबैभन्दा कम उमेरको खेलाडी र ला लिगामा गोल गर्ने सबैभन्दा युवा क्लब खेलाडी बने (जुन रेकर्ड सन् सेप्टेम्वर, २००७ उनकै सहकर्मी बोजन क्रिचले तोडे) जब उनले सन् १ मे, २००५ मा अल्बासेट ओलाम्पिकोविरुद्ध क्लबको लागि आफ्नो पहिलो सिनियर गोल गरे तब मेस्सी १७ वर्ष, १० महिना र ७ दिनको उमेरका थिए र उनी बार्सिलोनाको लागि ला’लिगा खेलमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी बने ।

जुन रेकर्ड २००७ मा मेस्सीकै सहयोगमा वजन क्रिचले तोडे । मेस्सीले आफ्नो पूर्व प्रशिक्षक फ्रान्क रिजकार्डको बारेमा भनेका छन, “उनले मेरो खेल जीवनको शुरुवात गराउनु भएको तथ्य म कहिल्यै भुल्न सक्दिन, उनले म मात्र १६–१७ वर्षको हुँदा नै ममा विश्वास जगाउनु भयो,” मेस्सीले भने ।

अन्तर्राष्ट्रिय खेल जीवन

जुन २००४ मा, पाराग्वेविरुद्ध यू–२० मैत्रीपूर्ण खेलमा उनले अर्जेन्टिनाको लागि पहिलो खेल खेले । सन् २००५ मा उनले नेदरल्याण्डमा २००५ फिफा विश्वकप युथ च्याम्पियनसिप जित्ने टिमका खेलाडी थिए । उनले अर्जेन्टिनाको लागि अन्तिम चार खेल खेलेर प्रतियोगिता अवधिमा सर्वाधिक ६ गोल गर्दै गोल्डन बल र गोल्डन बुट जिते ।

उनले १७ अगस्ट २००५ मा १८ वर्षको उमेरमा हङ्गेरीविरुद्ध पहिलो पूर्ण अन्तर्राष्ट्रिय खेल खेले । ६३ औँ मिनेटमा उनले अर्को खेलाडीलाई प्रतिस्थापित गरे, तर ६५ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिर गए । किनभने रेफ्री, मार्कस मर्कले उनले आफ्नो सर्ट तान्दै गरेका रक्षापंक्ति विलमस भ्यानज्याकलाई टाउकाले हानेका देखेका थिए । यो निर्णय विवादास्पद थियो र म्याराडोनाले पनि निर्णय पहिलादेखि भएको दाबी गरेका थिए । सेप्टेम्बरमा विश्वकप छनोटमा पाराग्वेलाई १–० ले हराएको खेलबाट मेस्सी टिममा फिर्ता भए । खेल अगावै उनले भने कि “यो मेरो नयाँ सुरुआत हो । पहिलो धेरै कम समयको लागि नै थियो,” मेस्सीले भनेका थिए ।

यसपछि उनले अर्जेन्टिनाको लागि पेरूविरुद्ध आफ्नो पहिलो खेल सुरू गरेका मेस्सीलाई २८ मार्च, २००९ मा भेनेजुएलाविरुद्ध विश्वकप छनोटमा मेस्सीले पहिलो पटक अर्जेन्टिनाका लागि लागि १० नम्बरको जर्सी लगाए । यो म्याच डिएगो म्यारडोनाको लागि अर्जेन्टिनाको प्रशिक्षकको रूपमा पहिलो आधिकारिक म्याच थियो । लियोनेल मेस्सीको सुरुआती गोलको मद्दतले अर्जेन्टिनाले ४–० ले खेल जित्यो ।

२००६ फिफा विश्व कप

यस चोटले मेस्सीलाई २००५–०६ सिजनको अन्तमा दुई महिनाको लागि खेलबाट बाहिर राख्यो, यसको कारणले विश्वकपमा मेस्सीको उपस्थिति पनि आशंकाको घेरामा प¥यो तापनि, मेस्सीलाई १५ मे २००६ मा हुने प्रतियोगिताको लागि अर्जेन्टिनी टिममा छानियो । उनले विश्वकपभन्दा पहिले, अर्जेन्टिको मेक्सिकोविरुद्धको यू–२० टिमका लागि फाइनल खेलमा १५ मिनेट र एंगोलाविरुद्ध मैत्रीपूर्ण खेलमा ६४ मिनेट खेले । उनले आइभरी कोस्टविरुद्ध अर्जेन्टिनाको सुरूआती खेल विजय प्रतिस्थापकहरूको बेञ्चबाट हेर्न मात्र पाए ।

सर्वियाविरुद्ध अर्को खेलमा मेस्सी ७४ औँ मिनेटमा म्याक्सी रोड्रिग्वेजको स्थानमा मैदानमा छिरेर विश्वकपमा अर्जेन्टिनाबाट खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने । उनले खेलमा प्रवेश गरेको केही मिनेटमा नै हरनान क्रेस्पोलाई गोल गर्नमा सहयोग गरे र ६–० को जितमा अन्तिम गोल पनि गर्न सफल भए । यसबाट उनी प्रतियोगितामा सबैभन्दा कम उमेरको स्कोरर र विश्वकपको इतिहासमा सबैभन्दा कम उमेरको छैटौँ गोल गर्ने स्कोरर बने । मेस्सीले नेदरल्याण्डविरुद्ध अर्जेन्टिना ०–० को बराबरीमा सुरुआत गरे ।

मेक्सिकोविरुद्धको अर्को खेलमा १–१ गोलको बराबरीसँगै, मेस्सी ८४ औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरे । अर्जेन्टिनालाई अगाडि बढ्नको लागि अतिरिक्त समयमा एक गोलको आवश्यक्ता रहेको अवस्थामा उनले गोल स्कोर गर्नै लागेका थिए, तर उनलाई ‘अफ साइड’ घोषित गरियो । प्रशिक्षक जोस पेकरम्यानले जर्मनीविरुद्धको क्वार्टरफाइनल खेलमा मेस्सीलाई मैदान प्रवेश गराएनन् । जुन खेल अर्जेन्टिना पेनाल्टी ‘सुट आउट’मा ४–२ ले पराजित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *