अन्तरास्ट्रिय

के कारणले कंगाल बनेका थिए यी धनी कलाकारहरु ?

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

यिनीहरुलाई देख्दा लाग्छ कि यिनीहरुलाई कहिल्यै दुख नै पर्दैन । तर हर कोहि मानिसको जीवनमा कहिले सुख अनि कहिले दुख आइनैरहन्छ । र विश्वमै चर्चित यस्ता केहि बलिउडका कलाकार छन् जो जीवनमा एकपटक कंगाल हुनुपरेको थियो ।

अमिताभ बच्चन

बलिउडका महानायक अमिताभ बच्चन अभिनयका हिसावले आजपनि विश्वभर निकै चर्चित छन् । र उनको लाइफस्टाइलपनि कुनै देशको राजाको भन्दा कम छैन । तर कुनै एक समय यस्तो थियो जुन बेला उनी कंगाल बनेका थिए । जुन समय उनको घर समेत लिलाम गरिएको थियो । ९० को दशकमा उनले आफ्नो सारा लगानी लगाएर एवीसियल कम्पनी खोलेका थिए जुन असफल भयो र उनको सवै लगानी डुब्यो। र उनीलाई ९० करोड ऋण लागेको थियो ।

जैकी श्रॉफ

जैकी कुनै समय आफ्नो करियरको उच्च स्थानमा पुगेका अभिनेता हुन् । तर उनले एक समया साजिद नाडियाडवालासँग ऋण लिएका थिए जुन उनले तिर्न सकेनन् र आफ्नो फ्ल्याट बेचेर ऋण तिर्न बाध्य भए ।

ए.के. हंगल

हंगल निकै राम्रो अभिनेतामा गनिन्छन् भने उनको व्यक्तित्प पनि निकै राम्रो थियो । उनी आफ्नो जीवनको अन्तिम दिनहरुमा पैसामो अभावमा बाचिँरहेका थिए । उनको साथमा आफ्नो रोगको उपचार गर्ने पैसा समेत थिएन ।

भारत भूषण

फिल्म ‘बैजू बावरा’ मा शानदार अभिनय गरेर सवैको दिलमा बस्न सफल भारत भूषण आफ्नो जीवनको अन्तिम दिनहरुमा पैसाको अभावमा बाचिँरहेका थिए । उनले अन्तिममा आफ्नो घर, गाडी र सवै सामान बेच्न बाध्य भएका थिए ।

प्रीति जिंटा

आफ्नो प्रोडक्सनको चलचित्र ‘इश्क़ इन पेरिस’ फ्लप भएपछि प्रीति जिंटा कंगाल भएकी थिइन् ।

सीताराम पंचाल

सीताराम पंचाल स्लमडॉग मिलेनियर, द लीजेंड ऑफ भगत सिंह, जॉली एलएलबी, सारे जहां से महंगा, हल्ला बोल, बैंडिट क्वीन जस्ता चलचित्रमा सानदार अभिनय गरेका फोक्सोको क्यान्सरका विरामी थिए । उनीसँग आफ्नो उपचा गराउने पैसा समेत थिएन । फेसबुक मार्फत सहयोग मागियो तर पैसाको अभावमा उपचार नपाएर उनको मृ त्यु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *