ऋतिक रोशन र टाइगर श्रफको चलचित्र ‘वार’ उनीहरुको करियरमा सबैभन्दा छिटो धेरै कमाउने चलचित्र बनेको छ। यो चलचित्रले चार दिनमा एक सय २४ करोड व्यापार गरेको छ।
यो वर्ष प्रदर्शन हुने बित्तिकै धेरै कमाउने चलचित्रहरुको कमाइलाई यो चलचित्रले जितेको छ। वार प्रदर्शन हुनु अगाडि आमिर खान र अभिताभ बच्चन अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ चार दिनमा सबै भन्दा धेरै कमाउने दोस्रो चलचित्र बनेको थियो। यो चलचित्रलाई सलमान खानको ‘भारत’ ले जितेको थियो।
तर बुधबार प्रदर्शनमा आएको ‘वार’ ले यो दुवै चलचित्रको रेकर्डलाई तोडेको छ। ‘ठग्स अफ हिन्दुस्तान’ ले प्रदर्शनको चौथो दिनमा एक सय १९ करोड कमाएको थियो भने, चलचित्र ‘भारत’ ले चौथो दिनमा एक सय २२ करोड कमाएको थियो। यो सँगै ‘वार’ ले अरु थुप्रै रेकर्डहरु तोडेको छ।
#War#Hindi: Wed 51.60 cr, Thu 23.10 cr, Fri 21.30 cr. Total: ₹ 96 cr.#Tamil + #Telugu: Wed 1.75 cr, Thu 1.25 cr, Fri 1.15 cr. Total: ₹ 4.15 cr.
Total: ₹ 100.15 cr#India biz.— taran adarsh (@taran_adarsh) October 5, 2019
देश सञ्चार प्रालिद्वारा संचालित देश सञ्चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।