खेलकुद

प्रिमियर लिगमा सिटीलाई झड्का, दुई शुन्यले पराजित

काठमाडौं । इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटी आफ्नै घरेलु मैदानमा हुल्भ्ससँग २-० गोल अन्तरले नमिठो हार स्विकार्न बाध्य भएको छ । अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेता पनि खेलको अन्तिम समयतिर सम्हालिन नसक्दा पाहुँना टोलीलाई २-० को नतिजा सुम्पनु परेको थियो। हुल्भ्सलाई जिताउने क्रममा अडामा ट्राओरेले खेलको ८०औ तथा ९४औ मिनेटमा गोल गरे ।

यो हार सँगै डिफेन्डिङ्ग च्याम्पियन सिटी जारी लिगमा लिग लिडर लिभरपुल भन्दा ८ अंकले पछाडी परेको छ। समान ८ खेल खेलेको लिभरपुल २४ अंक सहित लिगमा पहिलो स्थानमा रहँदा सिटी १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

यस्तै गए राती प्रिमियर लिग अन्तर्गत भएका अन्य खेलहरुमा चेल्साले साउथह्याम्पटनलाई ४-१ ले हराउँदा आर्सनलले बर्नेमाउथलाई १-० गोल अन्तरले हरायो। अर्को खेलमा म्यान्चेष्टर युनाइटेडलाई न्यु क्याष्टलले १-० ले स्तब्ध पार्यो।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *