मनोरंजन

सर्ने मनस्थितिमा निश्चल-स्वस्तिमाको ‘घामड शेरे’

निश्चल बस्नेत तथा स्वस्तिमा खड्का स्टारर ‘घामड शेरे’ आफ्नो पूर्वनिर्धारित मितिमा रिलिज नहुने संकेत देखिएको छ।

हेमराज बिसी निर्देशित सिनेमा कार्तिक ८ गते रिलिज हुने घोषणा भएको थियो।

रिलिजका लागि मात्र १२ दिनको अवधि रहेको अवस्थामा सिनेमाको ट्रेलर सार्वजनिक नहुनु तथा निर्माण टोलीको सिनेमा प्रचारमा शुन्य सक्रियताले यस्तो संकेत गरेको हो।

सिनेमाले सम्भावित हल उपलब्धताका कारण ‘पर्ख र हेर’को अवस्थामा रहेको बताइन्छ।

सोही मितीमा रिलिज हुने शिशिर राणा निर्देशित तथा सौगात मल्ल, पूजा शर्मा , आकाश श्रेष्ठ र श्रृष्टि श्रेष्ठ अभिनित ‘पोई पर्‍यो काले’ले भने आफ्नो ट्रेलर सार्वजनिक गरिसकेको छ भने प्रचार पनि आफ्नै गतिमा सुरू गरिसकेको छ।

यस अवस्थाले ‘घामड शेरे’ कार्तिक ८ को पूर्वनिर्धारित मितिमा रिलिज हुने सम्भावना उच्च हुँदै गएको छ।

‘घामड शेरे’ यस वर्ष नेपाली सिनेमाका दर्शकका लागि पर्खाइमा परेको सिनेमा मध्येको एक सिनेमा हो। यस सिनेमामा ‘रियल’ जोडी निश्चल र स्वस्तिमाले पर्दामा पहिलो पटक रोमान्स गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *